१० बैशाख २०८१, सोमबार । April 22, 2024

मुख्य खबर

गर्भवतीको हेलिकप्टरद्वारा उद्धार



बाजुरा, ११ असार । चार दिनदेखि सुत्केरी बेथाले छट्पटाइरहेकी पाण्डवगुफा गाउँपालिका– ३ की ४१ वर्षीया फुलटुक्का ढोलीलाई आज उपचारका लागि हेलिकप्टरद्वारा नेपालगन्ज पु¥याइएको छ ।

राससबाट समाचार प्रसारित भएपछि ढोलीलाई हेलिकप्टरमार्फत नेपालगन्ज पु¥याइएको हो । सदरमुकाम मार्तडीदेखि दुई दिनको पैदल दुरीमापर्ने पाण्डवगुफाकी ढोली सुत्केरी हुन नसकेर छट्पटाइरहेकी थिइन् । ज्यान जोखिममा रहेको खबर थाहा पाएपछि जिल्ला स्वास्थ्य कार्यालयको पहलमा उहाँलाई सिम्रिक एयरको हेलिकप्टर गाउँमै अवतरण गराई उपचारका लागि नेपालगन्ज पठाइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा रुपचन्द्र विश्वकर्माले जानकारी दिनुभयो ।

ढोलीलाई बिहीबार सुत्केरी बेथा सुरु भएको थियो । एक दिन घरमै पर्खदा सुत्केरी हुननसकेपछि उहाँका श्रीमान् जयलालले अर्को दिन हुनी स्वास्थ्य चौकी पु¥याएका थिए । स्थानीय स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले ढोलीलाई प्रसूति गराउन नसकेर अन्यत्र लैजान सिफारिस गरेका थिए । तर अन्यत्र लैजान उहाँको आर्थिक अवस्था कमजोर भएका कारण गर्भवती ढोली चार दिनदेखि गाउँमै थन्किनुभएको थियो । उहाँको यो छैटौँ गर्भ भएको डा विश्वकर्माले बताउनुभयो ।
“हाम्रो पहलमा परिवार स्वास्थ्य महाशाखाले रु चार लाख ५० हजार सहयोग गर्ने आश्वासन दिएपछि ढोलीको उद्वार सम्भव भएको हो,” जिल्ला स्वास्थ्य कार्यालयकी परिवार नियोजन सुपरभाइजर दुर्गा बजगाईंले भन्नुभयो ।

प्रकाशित : ११ असार २०७४, आइतबार ००:००