९ बैशाख २०८१, आइतबार । April 22, 2024

मुख्य खबर

सेयर बजारमा सामान्य सुधार



काठमाडौँ, ११ असार । धितोपत्र बजारमा आज सेयरको मूल्य सामान्य अङ्कले सुधार भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ८.२३ बिन्दुले बढेर एक हजार ५६७ बिन्दुमा पुग्यो ।

कुल १४८ कम्पनीको १५ लाख ८५ हजार ९६७ कित्ता सेयर रु ७३ करोड ९४ लाख ४१ हजार ३३५ मूल्यमा खरिद बिक्री भएको स्टकले जानकारी दिएको छ । ठूला कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १.८५ बिन्दुले उकालो लागेर ३३२ बिन्दुमा पुगेको छ ।

बीमा समूहको सेयरबाहेक अन्य समूहको सेयरको कारोबारमा सुधार भएको स्टकले जनाएको छ । सो समूहको सेयर ८.६९ बिन्दुले घटेको छ ।

यस्तै, बैंकिङ समूह १२.५६, होटल ११.०४, विकास बैंक ४.४३, जलविद्युत् १.८३, फाइनान्स २.७, उत्पादन ८.४६ र अन्य समूह ०.८७ बिन्दुले बढेको छ ।

प्रकाशित : ११ असार २०७४, आइतबार ००:००