८ बैशाख २०८१, शनिबार । April 20, 2024

मुख्य खबर

भारोत्तोलनका मुख्य प्रशिक्षक जोशी रहेनन्



काठमाडौँ, ११ असार । नेपाली भारोत्तोलन टोलीका मुख्य प्रशिक्षक तथा नेपाल ओलम्पिक कमिटीअन्तर्गत नेपाल ओलम्पियन सङ्घका अध्यक्ष सुनिललाल जोशीको उपचारका क्रममा आज बिहान निधन भएको छ ।

गङ्गालाल हृदय केन्द्र बाँसबारीमा उपचारत रहँदा जोशीको निधन भएको भारोत्तोलन सङ्घका सचिव तिलक राउतले जानकारी दिनुभयो । जोशी दक्षिण एसियाली खेलकुद (साग)मा नेपालका लागि सर्वाधिक पदक दिलाउने खेलाडी हुनुहुन्छ । बाउन्नवर्षीय ओलम्पियन जोशीका श्रीमती र एक छोरा छन् ।

उहाँको शव आजै बिहान त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कार्यालयमा श्रद्धाञ्जलिका लागि राखेपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । रासस

प्रकाशित : ११ असार २०७४, आइतबार ००:००