१६ चैत्र २०८०, शुक्रबार । March 29, 2024

मुख्य खबर

विद्यालय पुनःनिर्माण गर्न रु तीन लाख सङ्कलित



गोरखा, ११ असार । ‘गोरखा भूकम्प’ गएको डेढ वर्ष भइसक्दा पनि भूकम्पबाट क्षतिग्रस्त विद्यालयको पुनःनिर्माण सुरु नभएपछि सहिद लखन गाउँपालिका–८ बुंकोटका एक युवकले फेसबुक अभियानमार्फत विद्यालय पुनःनिर्माणमा सघाएका छन् ।

नेपाल युथ फाउन्डेसनका अध्यक्ष तथा गीतकार प्रकाशबाबु थापाले आफूले पढेको राम्चे प्राविको भवन पुनःनिर्माण गर्न फेसबुकमार्फत सङ्कलन गरेको रु तीन लाख प्रअ ओमप्रकाश श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो । भूकम्पले क्षति पु¥याएका जिल्लाका अन्य विद्यालय भवन क्रमशः पुनःनिर्माण भए पनि उक्त विद्यालय भने अर्थ अभावले पुनःनिर्माण हुन सकेको थिएन ।

विद्यालय भवन पुनःनिर्माणका लागि सहयोग जुटाउने अभियानमा गायक आनन्द कार्कीलगायतको सहयोग छ । चन्दा सङ्कलनबाट उक्त विद्यालयमा चारकोठे भवन पुनःनिर्माण भइरहेको छ । वडाध्यक्ष काशीनाथ अम्गाइँले राम्चे प्राविमा नयाँ भवन निर्माण गर्नेबारे पहल गरिँदै आएको बताउनुभयो । श्रेष्ठले विद्यालयका ९७ विद्यार्थीलाई एक एक थान टिसर्ट पनि उपलब्ध गराउनुभएको छ ।

प्रकाशित : ११ असार २०७४, आइतबार ००:००