४ बैशाख २०८१, मंगलबार । April 16, 2024

ग्लोबल

इदको पूर्वसन्ध्यामा करिब सातसय सिरियाली कैदीको रिहा



दमास्कस (सिरिया), १० असार । सिरियाली सरकारले राष्ट्रपति बसर अल असदविरुद्धको विद्रोहमा सघाएका केही लडाकुसहित अन्य कैदीबन्दीलाई मुस्लिम धार्मिक पर्व इद उल फित्रका अवसरमा ६७२ जनालाई कैद मिनाह गर्दै रिहा गरिएको छ ।

सिरियाली न्यायमन्त्री हिसाम अलसारले सरकारले इदको पूर्वसन्ध्यामा कैदमा परेपछि असामान्य व्यवहार नदेखाएका र आफूले राज्यको विरुद्ध कुनै गतिविधिमा नलाग्ने प्रतिबद्धतासहित जेल मिनाहका लागि अनुरोध गरेका ६७२ जनालाई शनिबार रिहा गरेको पुष्टि गर्नुभयो ।

सिरियाली अधिकारीले मुलुकमा मनाइने मुख्य पर्वका अवसरमा कैदीलाई बाँकी जेल सजाय मिनाह गर्दै रिहा गर्ने प्रचलन छ ।

सिरियामा सन् २०११ को मार्चदेखि सुरु भएको द्वन्द्वका कारण लाखौँ नागरिकको मृत्यु भएको छ भने झन्डै आधा जनसङ्ख्या विस्थापित बनेको छ ।

शनिबार दमास्कसबाट रिहा भएकामध्ये विद्रोही लडाकुलाई आर्थिक सहयोग गर्दै आएको अभियोगमा जेल परेका ४५ वर्षीय अब्दुल अल रहमानसमेत रहेका छन् ।

रहमान जेलबाट छुटेपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै भन्नुभयो – “हरेक व्यक्तिले गल्ती गर्न सक्छ । विगतमा मैले गल्ती गरेकोमा पश्चाताप गर्दै आगामी दिनमा जन्मभूमिको विकासका लागि प्रतिबद्ध रहेनेछु ।

प्रकाशित : ११ असार २०७४, आइतबार ००:००