७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

मुख्य खबर

कुटपिटबाट बालकको मृत्यु



लहान, ११ असार । झैझगडाका क्रममा अपरिचित व्यक्तिको कुटपिटबाट गम्भीर घाइते भएका सिरहा, लक्ष्मीपुरपतार गाउँपालिका–३ निवासी १३ वर्षीय सोनुकुमार साहको उपचारका क्रममा गए राति मृत्यु भएको छ ।

स्थानीय पोखरीमा पूजा गरी घर फर्कने क्रममा शुक्रबार कुटपिटबाट गम्भीर घाइते साहको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : ११ असार २०७४, आइतबार ००:००