४ बैशाख २०८१, मंगलबार । April 16, 2024

मुख्य खबर

दार्जिलिङमा शान्तिको कामना गर्दै पशुपतिमा दीप प्रज्वलन



काठमाडौँ, १० असार । भारतको दार्जिलिङ आसपासका क्षेत्रमा शान्तिको कामना गर्दै आज यहाँ दीप प्रज्वलन गरिएको छ ।

पशुपति मन्दिरको आरती स्थलमा भएको दीप प्रज्वलनमा नेपालमा अस्थायी रुपमा बसोबास गरिरहेका दार्जिलिङ, सिलगुढीलगायत स्थानका नेपाली भाषी बासिन्दा, त्यहाँ पढेका नेपाली विद्यार्थीको सहभागिता रहेको थियो ।

गोरखाल्यान्ड माग गर्दै चलिरहेको आन्दोलनका क्रममा मारिएकाको आत्माको चिर शान्तिको कामना, घाइतेको शीघ्र स्वास्थ्यलाभ तथा सो क्षेत्रमा शान्तिको कामनासहित आफूहरुले दीप प्रज्वलन गरेको अभियानमा सहभागीले बताएका छन् ।

प्रकाशित : १० असार २०७४, शनिबार ००:००