१५ चैत्र २०८०, बिहिबार । March 29, 2024

मुख्य खबर

निर्वाचनका लागि एक हजार १६ कर्मचारी खटिए



खोटाङ, १० असार । स्थानीय तहको निर्वाचनका लागि जिल्लामा एक हजार १६ कर्मचारी खटिएका छन् ।

सदरमुकाम दिक्तेल आसपासका वडाबाहेकका नगरपालिका र गाउँपालिकामा मतपेटिकालगायतका निर्वाचन सामग्रीसहित कर्मचारी खटाइएको जिल्ला निर्वाचन कार्यालयका जिल्ला निर्वाचन अधिकृत दिनेश खत्रीले बताउनुभयो । जिल्लामा १७३ मतदान केन्द्र रहेको छ ।

आज केपिलासगढी, दिप्रुङ र लामीडाँडा गाउँपालिकाको मतदान केन्द्रमा कर्मचारी टोली खटाइएको छ । यसअघि खोटेहाङ, जन्तेढुङ्गा, ऐसेलुखर्क, बराहपोखरी गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका र साकेला गाउँपालिकामा कर्मचारी टोली खटाइएको खत्रीले बताउनुभयो । एक लाख १५ हजार ६४४ मतदाता रहेको जिल्लामा दुई नगरपालिका र आठ गाउँपालिका रहेको छ ।

प्रकाशित : १० असार २०७४, शनिबार ००:००