७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

मुख्य खबर

अनेकतामा एकता खोजेर अघि बढ्ने पार्टी काँग्रेस : नेता थापा



बैतडी, १० असार । नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले काँग्रेसको नेतृत्वमा संविधान बनेको र संविधानको कार्यान्वयन पनि उसकै नेतृत्वमा हुने बताउनुभएको छ ।

आज बैतडीको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौँमा काँग्रेसले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै नेता थापाले काँग्रेस देशमा शान्ति र स्थिरता कायम गर्ने पार्टी भएको बताउनुभयो ।

देशका विभिन्न भाषाभाषी र जातजातिको अनेकताबीच एकता खोजेर अघि बढ्ने पार्टी काँग्रेस मात्रै भएको दाबी उहाँले गर्नुभयो । उहाँले भन्नुभयो, “काँग्रेस कुनै क्षेत्र विशेषको विरोधी पार्टी होइन । यो समग्र नेपाललाई एकसूत्रमा बाँध्ने पार्टी हो ।”

काँग्रेसका शत्रु भनेको गरिबी र बेरोजगारी भएकाले यसको अन्त्यका लागि काँग्रेसको जीत आवश्यक रहेको उहाँको धारणा थियो ।

प्रकाशित : १० असार २०७४, शनिबार ००:००