११ चैत्र २०८०, आइतबार । March 24, 2024

मुख्य खबर

सुदूरपश्चिम क्षेत्रको विकासका लागि कटिवद्ध छु ः प्रधानमन्त्री देउवा



कञ्चनपुर, १० असार । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेको बेलौरी बजारलाई नमुना सहरका रुपमा विकसित गरिने बताउनुभएको छ ।

कञ्चनपुरको पूर्नबासमा आज नेपाली काँगेसद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहँुदै उहाँले बेलौरीलाई नमुना सहरका रुपमा विकसित गरी यहाँ बसोवास गर्दै आएका बासिन्दालाई समृद्ध बनाइने बताउनुभयो ।

भारतसँग जोडिएका सीमा क्षेत्रमा रहेका समस्या समाधान गर्न आफू प्रतिवद्ध रहेको उहाँले बताउनुभयो । “सीमा क्षेत्रमा कुनै पनि नेपालीमाथि ज्यादति हुन दिइने छैन उहाँले भन्नुभयो ”।

सुदूरपश्चिम क्षेत्रको विकासका लागि कटिवद्ध रहेको बताउँदै प्रधानमन्त्री देउवाले महाकालीमा पक्की पुल निर्माण र पञ्चेश्वर परियोजना सञ्चालनका लागि कार्य अगाडि बढाइने उल्लेख गर्नुभयो ।

बेलौरी कलुवापुर दू्रतमार्ग निर्माणको कार्य अगाडि बढाउनका लागि पहल भइसकेको उल्लेख गर्दै उहाँले आदिवासी राना थारु समुदायको संस्कृति संरक्षणका लागि सङ्ग्रहालय निर्माण गरिने छ भन्नुभयो ।
प्रधानमन्त्री देउवाले आज कञ्चनपुरको बेलडाँडी, बेलौरी र पुर्नबासमा आयोजित चुनावी सभामा सहभागिता जनाउनुभएको छ ।

प्रकाशित : १० असार २०७४, शनिबार ००:००