३ बैशाख २०८१, सोमबार । April 15, 2024

मनोरञ्जन

‘कान्छीले’ बजारमा



काठमाडौँ, १० असार । गायक अजय तामाङको ‘कान्छीले’ नामक लोक आधुनिक गीतको म्युजिक भिडियो शुक्रबार सार्वजनिक भएको छ ।

सो गीतमा गायक तामाङकै शब्द, सङ्गीत तथा स्वर छन् । उक्त गीतको निर्देशन सन्तोष राजवाहक, छायाङ्कन ज्ञानेन्द्र शर्मा र सम्पादन टेकेन्द्र शाहले गर्नुभएको हो । गीतमा कमल सिंह र अक्षता राईले अभिनय गर्नुभएको छ ।

विसं २०४७ मा धादिङ–१ ढोलामा जन्मिनुभएका तामाङको ‘वीर गोर्खाली’ नामक सन्देशमूलक गीत बजारमा उपलब्ध छ । सानै उमेरदेखि गीत–सङ्गीतमा सक्रिय तामाङले ‘किन दुख्छ’ नामक प्रेममा बिछोड भएको आधुनिक गीतसमेत बजारमा ल्याउने तयारी गर्नुभएको छ । “मेरो सानैदेखि गीत–सङ्गीतमा रूचि भए पनि २०६९ सालदेखि औपचारिक रूपमा यस क्षेत्रमा प्रवेश गरेको हुँ, आगामी दिनमा समेत सक्रिय रूपमा यही क्षेत्रमा लाग्ने योजना बनाएको छु”,उहाँले भन्नुभयो ।

प्रकाशित : १० असार २०७४, शनिबार ००:००