१० बैशाख २०८१, सोमबार । April 22, 2024

मुख्य खबर

बबाबाटिकाद्धारा एसइइमा उत्कृष्ट विद्यार्थीलाई सम्मान



काठमाण्डौ । तीलगंगा स्थित बाबाबाटिका माध्यमिक विद्यालयले यस बर्ष एइइमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेका छन् । शुत्रबार आयोजित सम्मान कार्यक्रममा यस बर्ष एसइइ उर्तिण विद्याथीहरुलाई प्रमुख अतिथि पशुपति क्षेत्र विकाश कोषका पूर्व कोषाध्यक्ष नरोत्तम वैद्यले अविर, फूलमाला र खादा ओढाएर सम्मान गरेका थिए ।
यस विद्यालयबाट यस वर्ष ३० जना विद्यार्थीले एसइइ उर्तिण गरेका छन् । सार्वजनिक शैक्षिक गुठि अन्तर्गत सञ्चालित यस विद्यालयको यो अहिलेसम्मकै उत्कृष नतिजा हो । यस बर्ष चार जनाले विशिष्ट श्रेणी ल्याउनका साथै सतप्रतिशत विद्यार्थी उर्तिण भएका छन् ।
पशुपति क्षेत्रमा बस्ने एक बाबाको पहलमा २०४३ सालमा स्थापना भएको यस विद्यालयमा न्यून आय तथा असाहय विद्यार्थीहरु अध्ययन गर्छन । ३ सय विद्यार्थी मध्ये ४० प्रतिशत अनाथ बालबालिका रहेको विद्यालयकी संस्थापिका सरु लिम्बूले बताईन ।
प्रमुख अतिथि वैद्यले बाबाबाटिकाको उत्कष्ट नतिजा आउनुमा विद्यालय सञ्चालक, अध्यापक, व्यवस्थापन समिति र अविभावकको समेत महत्वपूर्ण भूमिका रहेको भन्दै प्रशंसा गरेका थिए ।
कार्यक्रममा गुहेश्वरी उमाविका प्रअ मेघबहादुर बञ्जरा, सारदा उमाविका प्रअ ठाकुर प्रसाद सिग्देल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवर्ण वैद्य र बाबाबाटिकाका प्रअ केशव अधिकारीले बधाई तथा शुभकामना मन्तव्य राखेका थिए ।

 

प्रकाशित : १० असार २०७४, शनिबार ००:००