२ बैशाख २०८१, आइतबार । April 14, 2024

ग्लोबल

प्रहरी अधिकारीको कुटेर हत्या



श्रीनगर (भारत), ९ असार । भारत अधिनस्थ काश्मिरमा रहेको एक मस्जिदको बाहिर गस्तीमा रहेका एकजना प्रहरी अधिकारीलाई आक्रोशित भीडले कुटेर हत्या गरेको समाचार छ ।

कैयौँको सङ्ख्यामा आएका व्यक्तिको कुटाईबाट ती प्रहरी अधिकारीको ज्यान गएको भारतीय प्रहरी स्रोतले शुक्रबार जानकारी दिएको छ ।

विवादित यस क्षेत्रमा यस घटनापछि तनाव झन बढेको छ । यसअघि केही समययतादेखि जारी रहेको हिंसाबीच शुक्रबार भएको यस घटनाले थप तनाव बढाएको छ ।

मोहमद आयुब पान्डित नामका ती प्रहरी अधिकारी मारिएपछि यस पहाडी क्षेत्रमा सुरक्षाबल र सर्वसाधारणबीच नै झडप सुरु भएको छ ।

प्रहरीद्वारा जारी विज्ञप्तिमा राज्य प्रहरी सञ्जालका उप निरीक्षक पन्डितको उत्तेजित भिडको आक्रमणको कारण हत्या भएको छ । आफ्नो कर्तव्य पालनाकै क्रममा उनको मृत्यु भएको प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

सन् १९४७ मा बेलायतको उपनिवेशबाट मुक्त भएपछि विभाजन भएका भारत पाकिस्तान दुबैले काश्मिर क्षेत्रलाई आफ्नो भूभागका रुपमा दावी गर्दै आएका छन् ।

प्रकाशित : ९ असार २०७४, शुक्रबार ००:००