८ बैशाख २०८१, शनिबार । April 20, 2024

मुख्य खबर

वर्षाका कारण घर भत्कियो



धुलिखेल, ९ असार । मुसलधारे पानी परेका कारण काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका वडा नं ५ का डोल्मो लामाको घर आज भत्किएको छ ।

बिहीबार राति परेको मुसलधारे पानीले घरको जगसम्म भिजेर माटो गलेका कारण घर भत्किएको पीडितले बताएका छन् ।

“राति ठूलो पानी परेर घरको जगसम्म पानीले भिजेर गलेको रहेछ, बिहान घर ढल्न थालेको भन्दै गाउँले सबैलाई टेको थाप्नका लागि सहयोग गर्नुप¥यो भनेर बोलाउनुभएको थियो” – स्थानीय काल्साङ लामाले भन्नुभयो – “हामी पुग्दा घर भत्किसकेको रहेछ ।”

लामाकाअनुसार घर भत्किँदा अन्नपात र भाँडाकुँडा सबै पुरिएको छ । घरको एकपट्टिको सबै भाग भत्किएका कारण करिब रु तीन लाख बराबरको क्षति भएको लामाले बताउनुभयो ।

प्रकाशित : ९ असार २०७४, शुक्रबार ००:००