३ बैशाख २०८१, सोमबार । April 15, 2024

मुख्य खबर

उपभोक्ता संरक्षणसम्बन्धी कानुन पारित गर्नुअघि निजी क्षेत्रसँग छलफल गरिने



काठमाडौँ, ८ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको आर्थिक विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्न नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीलाई आग्रह गर्नुभएको छ ।

महासङ्घका अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले निजी क्षेत्रको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको र आर्थिक विकासमा निजी क्षेत्रसँग साझेदारी गर्ने सरकारी नीति दोहो¥याउँदै महासङ्घले उठाएका समस्या समाधानमा सहयोग गरिने बताउनुभयो । प्रधानमन्त्री देउवाले उपभोक्ता संरक्षणसम्बन्धी कानुन व्यवस्थापिका–संसद्बाट पारित गर्नुअघि निजी क्षेत्रसँग बृहत् छलफल गर्ने प्रतिबद्धता व्यक्त गर्नुएको अध्यक्ष राणाले राससलाई जानकारी दिनुभयो ।

भेटका क्रममा अध्यक्ष राणाले चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी तत्काल सञ्चालनमा ल्याउन सरकारी प्रयासको आवश्यकता औँल्याउनुभएको थियो ।

प्रकाशित : ८ असार २०७४, बिहिबार ००:००