१२ बैशाख २०८१, बुधबार । April 24, 2024

मुख्य खबर

निर्माण व्यवसाय सङ्कुचित हुँदै गएको गुनासो



काठमाडौँ, ८ असार । प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाल निर्माण व्यवसायी महासङ्घका प्रतिनिधिले निर्माण व्यवसायमा देखिएका विभिन्न समस्याका बारेमा अवगत गराएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा महासङ्घका अध्यक्ष शरदकुमार गौचनको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सरकारले निर्धारित समयावधिभित्र पूर्वाधार निर्माण तथा विकासका क्षेत्रमा खर्च गर्न नसक्दा निर्माण व्यवसाय सङ्कुचित हुँदै गएकामा प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको थियो ।

सो अवसरमा प्रधानमन्त्री देउवाले मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रको आर्थिक गतिविधि महत्वपूर्ण हुने विश्वास व्यक्त गर्दै व्यवसायीको समस्या हल गर्न आफू सकारात्मक रहेको ब बताउनुभएको महासङ्घका अध्यक्ष गौचनले जानकारी दिनुभयो ।

अध्यक्ष गौचनले स्थानीय तहको चुनावपछि स्थानीय क्षेत्रमा हुने पूर्वाधार विकास निर्माणका कार्यलाई प्राथमिकता दिन माग गर्नुभयो । महासङ्घमा करिब १२ हजार ५०० व्यवसायी आबद्ध छन् ।

प्रकाशित : ८ असार २०७४, बिहिबार ००:००