११ बैशाख २०८१, मंगलबार । April 24, 2024

मुख्य खबर

प्रधानमन्त्री देउवा र वरिष्ठ नेता राणाको भेट



काठमाडौँ, ८ असार । प्रधानमन्त्री शेरबहादुर देउवासँग राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर राणाले आज भेट गर्नुभयो ।

सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा भएको सो भेटका क्रममा उहाँहरुबीच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको थियो ।

दोस्रो चरणमा हुन लागेको स्थानीय तह निर्वाचनको तयारी र प्रदेश नं २ मा असोज २ मा गरिने निर्वाचनबारे दुई नेताबीच छलफल भएको पार्टीका नेता राजाराम श्रेठले जानकारी दिनुभयो ।

उक्त भेटमा संविधानमा निर्धारित समयसीमाभित्र प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न गर्न वरिष्ठ नेता राणाले प्रधानमन्त्री देउवालाई सुझाव दिनुभएको थियो ।

प्रकाशित : ८ असार २०७४, बिहिबार ००:००