८ बैशाख २०८१, शनिबार । April 20, 2024

मुख्य खबर

भारतीय अन्डा भित्रिएपछि बर्डफ्लुको जोखिम



वीरगन्ज, ८ असार । वार्षिक रु १५ करोड मूल्यभन्दा बढीको अन्डा उत्पादन हुने बारामा खुल्ला सीमाको कारण दिनहुँ भारतीय अन्डा भित्रिन थालेपछि बर्डफ्लुको जोखिम बढ्दै गएको छ ।

खुल्ला सीमाको फाइदा उठाउँदै तस्करले भारतबाट कुखुराको सेतो अन्डा तस्करी गरी नेपाल भित्रयाउने गरेका छन् । जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रसँग जोडिएको भारतको घोडासन, आदापुर तथा नेपाली नाका मटिहर्वा, कबैगोठ, सीमरौनगढ, कचोर्वालगायत नाकाबाट तस्करले साइकल, मोटरसाइकल र जिपमा ठूलो परिमाणमा सेतो अन्डा तस्करी गरी बाराको ग्रामीण भेगका बजारमा पु¥याउने गरेका छन् ।

जिल्ला पशुसेवा कार्यलय बाराका वरिष्ठ पशु विकास अधिकृत डा देवनन्नदन साह सुरक्षाकर्मीको लापरबाहीका कारण भारतीय अन्डा नेपाल भित्रिने गरेको बताउनुहुन्छ । तस्करले क्वारेन्टाइन चेक पोस्टमा कार्यरत सुरक्षाकर्मी र कर्मचारीलाई मासिक रुपमा घुस खुवाउने गरेका नेपाली व्यापारीको आरोप छ ।

सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय बाराका सशस्त्र प्रहरी उपरीक्षक कुमार न्यौपाने सीमा नाकामा व्यापक कडाइ गर्दै आएको बताउनुहुन्छ । सरकारले भारतीय अन्डा आयातमा प्रतिबन्ध लगाएको छ ।

प्रकाशित : ८ असार २०७४, बिहिबार ००:००