१ बैशाख २०८१, शनिबार । April 13, 2024

ग्लोबल

मध्य अफ्रिकामा भएको झडपमा परी एक सयको मृृत्यु



बानगुई ९मध्य अफ्रिकन गणतन्त्र०, ७ असार । मध्य अफ्रिकाली गणतन्त्रमा भएको झडपमा परी करिब एक सय व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीले बुधबार जानकारी दिएका छन् ।

उक्त हिंसा सरकारले विद्रोही समूहसँग युद्धबिरामको विषयमा गरेको सम्झौताको केही घण्टापछि सुरु भएको थियो । उक्त रक्तपात मङ्गलबार बिहानबाट मध्य भागमा पर्ने सहर बरियाबाट सुरु भएको बताइएको छ ।

सो हिंसामा मारिएका पछिल्लो विवरणको पुष्टि सो सहरका मेयरले गर्नुभएको छ । सुरुमा दिइएको मृतकको सङ्ख्या ४० रहेको थियो । पछि सो सङ्ख्या दोब्बर नै भएको सुरक्षा स्रोतले जानकारी दिएको छ ।

प्रकाशित : ८ असार २०७४, बिहिबार ००:००