११ चैत्र २०८०, आइतबार । March 24, 2024

मुख्य खबर

प्रमुख पदमा महिला सहभागिता न्यून



भोजपुर, ८ असार । आगामी असार १४ गते हुन लागेको स्थानीय तह निर्वाचनमा भोजपुर जिल्लाभर प्रमुख पदमा महिलाको प्रतिनिधित्व न्यून रहेको छ । जिल्लामा एकमात्र गाउपालिकामा प्रमुख पदमा महिलाको उम्मेदबारी परेको छ ।

यहाँका दलले समानताको कुरा बेलाबेलामा उठाउने गरे पनि महिलालाई उपप्रमुख र उपाध्यक्षमा सीमित राखेका छन् । पछिल्लो संविधानले किटान गरेको ३३ प्रतिशत महिला सहभागितालाई दलले पूरा गर्न नसकेको महिला अधिकारकर्मीले बताउँदै आएका छन् ।

“हाम्रो माग त ५० प्रतिशत नै हो तर स्थानीय चुनावमा हाम्रो सहभागिता न्यून छ”, महिला अधिकारकर्मी सबिना राईले भन्नुभयो । अन्य समयमा दलले भाषणमा महिला सहभागिताको कुरा गरे पनि त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न नसकेको महिलाले गुनासो गरेका छन् ।

“दलहरुले महिलाको सवालमा चर्का कुरा गर्ने गर्छन् तर स्थानीय तहमा महिलाले उपप्रमुख, उपाध्यक्ष र महिला सदस्यमै चित्त बुझाउनु परेको छ, हामीहरुलाई पनि जिम्मेवारी दिए जुनसुकै काम पनि गर्न सक्छौँ”, अर्की महिला अधिकारकर्मी कमला बस्नेतले गुनासो गर्नुभयो ।

मुख्य दल नेपाली काँग्रेसले मात्र पौवादुम्मा गाउँपालिकाको प्रमुख पदमा शिशिरा राईलाई उम्मेदबारी दिएको छ ।

प्रकाशित : ८ असार २०७४, बिहिबार ००:००