७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

मुख्य खबर

पुटिन र ट्रपबीच जर्मनीमा भेट हुनसक्ने



मस्को, ७ असार । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उहाँका अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पका बीचमा अर्को महिना जर्मनीमा भेटवार्ता हुनसक्ने भएको छ ।

तर भेटवार्ता भएमा कुनै सम्झौता गर्ने तयारी भने केही नभएको रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बुधबार जानकारी दिनुभएको छ ।

“आगामी जुलाईको ७ देखि ८ तारिखसम्म जर्मनीको हाम्बर्गमा हुने जी–२० सम्मेलनका क्रममा पुटिन र ट्रम्पका बीचमा भेटवार्ता हुन सक्नेछ, तर उहाँहरूले के कसरी भेटवार्ता गर्नुहुनेछ भन्ने अहिलेसम्म केही भन्न सक्ने अवस्था छैन,” पेस्कोभले भन्नुभयो ।

आवश्यकता प¥यो भने दुई देशका प्रमुखहरूको भेटवार्ताका लागि आवश्यक तयारी गर्न पनि सकिने उहाँले बताउनुभयो । त्यसका लागि कुनै बाधा नभएको पनि पेस्कोभको भनाई छ ।

प्रकाशित : ७ असार २०७४, बुधबार ००:००