८ बैशाख २०८१, शनिबार । April 20, 2024

ग्लोबल

सिरियाको राकामा तीन सय लडाकू मारिए



दमासकस, ७ असार । सिरियाको राका प्रान्तमा गत दुई हप्ताभित्र तीन सयभन्दा बढी इस्लामिक स्टेट्स (आईएस) लडाकू मारिएका छन् ।

अमेरिकी सहयोगमा सिरियन डेमोक्र्याटिक फोर्सेस् (एसडीएफ) ले गरेको सुरक्षा कारबाहीमा उनीहरू मारिएका बुधबार जारी विज्ञप्तिमा जनाइएको छ ।

जारी विज्ञप्तिमा ३१२ जना आईएस लडाक्ू मारिएका र १५ जना तिनीहरूका कमाण्डर हराइरहेका उल्लेख गरिएको छ ।

अमेरिकी सहयोगको सो समूहले आईएसको नियन्त्रणमा रहेको राकालाई नियन्त्रण मुक्त बनाउने उद्देश्य राखेको छ । सो ठाँउलाई आईएस लडाकूहरूले सन् २०१४ मा नियन्त्रणमा लिई आफ्नो राजधानी भएको घोषणा गरेका थिए ।

एसडीएफलाई सिरियाको सेनाले सहयोग गरिरहेको अमेरिकाको भनाई छ ।

प्रकाशित : ७ असार २०७४, बुधबार ००:००