१३ बैशाख २०८१, बिहिबार । April 25, 2024

खेलकुद

एसभी एकेडेमी अन्तरविद्यालय एसइइ फुटबल प्रतियोगिता च्याम्पियन



काठमाण्डौ । अन्तर विद्यालय एसइइ फुटबल प्रतियोगिता २०७४ को एसभी एकेडेमी, शंखमुल च्याम्यिन बनेका छन् । मंगलबार एन्फा ग्राउण्ड च्यासलमा सम्पन्न फाइनल खेलमा एसभी एकेडेमीले भीमेश्वर एकेडेमी, गोठाटारलाई १–० गोलले पराजित गदै च्याम्पियन बनेका हुन ।
मंगलबार दिउँसो १२ः४३ बाट सुरु भएको फाइनल खेलको पहिलो हाफ गोल रहित बराबरीमा टुंगिएको थियो । दोस्रो हाफको ११ औ मिनेटमा एस.भी एकेडेमीका अनिस कार्कीले प्रहार गरेको फ्रि किकले सिधै जाली चुम्यो । यहि गोल प्रतियोगितामा च्याम्पियन हुन निर्णायक बन्यो । एसभीले गोल गरेपछि खेल निक्कै रोमाञ्चक बनेको थियो । भीमेश्वरले निक्कै प्रयास गरे पनि गोल गर्न असफल भए । एसभीले पनि आधा दर्जन मौका गुमाएका थिए ।

प्रतियोगितामा विजयी टिमले रु तीस हजार नगद पुरस्कार, टर्फी तथा मेडल प्राप्त गरे भने उपविजेताले रु बीस हजारमा चित्त बुझाउनु पर्यो । भीमेश्वरका सन्दिप बस्नेत बेष्ट प्लेयर घोषित भए । त्यस्तै भीएसका वेष्ट गोलकिपर सविन श्रेष्ठ, वेष्ट राइजीङ स्टार अनिल खड्का, वेष्ट कोच उज्वल राई र सर्वाधिक गोलकर्ताका पुरस्कार विजु राईले हात पार्न सफल भए । असार २ गतेबाट सुरु भएको नकआउट फुटबल प्रतियोगितामा १६ टिम सहभागी भएको आयोजक च्याम्पियन्स व्वाइज क्लबले जनाएको छ ।

प्रकाशित : ६ असार २०७४, मंगलबार ००:००