८ बैशाख २०८१, शनिबार । April 20, 2024

ग्लोबल

बनर्जीको गतिबिधि आतङककारी जस्तो



काकरभीट्टा । भारतमा गोर्खालेण्ड आन्दोलनकी एक नेतृ बन्दना राईले पश्चिम बंगालकी मुख्यमंत्री ममता बनर्जीले आतंककारी जस्तो गतिविधि गरिरहेको भनेकी छिन् ।

https://www.youtube.com/watch?v=Am7ipYwnN14
भारतको ईण्डिया फायर न्युज टेलिभिजनसंगको कुराकानीमा उनले यस्तो बताएकी हुन् । राईले शान्तिपुर्ण तवरवाट गरेको आन्दोलनमा सेना, प्रहरी लगाएर दमन गर्नु, संचारमाध्यमहरु बन्द गराउनु बनर्जीले आतंककारी जस्तो गतिविधि गरिरहेको आरोप लगाईन् । राईको भनाईको केही दिन अघिमात्र वनर्जीले गोरखाल्येण्डको आन्दोलनरत पक्षमा आतंककारीको संलग्नता रहेको आरोप लगाएकी थिईन् । दिल्लीको जन्तरमंतरमा आन्दोलनको मोर्चाको अगुवाई गरिरहेकी राईलाई आन्दोलनस्थलमानै लिएको आन्रवार्ताको क्रममा उनले दार्जेलिङमा वस्ने नेपालीभाषीहरु त्यहाँको पहिलो नागरिक भएको वताईन् ।
भारतको पश्चिम बंगाल राज्यको उत्तरमा रहेको सवै पहाडी भाग र समथर भागका नेपाली भाषी वसोवास रहेको क्षेत्रलाई समेटेर गोर्खाल्याण्ड राज्यको माग गर्दै विभिन्न क्षेत्रमा आन्दोलन चलिरहेको छ । नेपालीभाषी रहेको क्षेत्रमा समेत बंगालीभाषाको अध्यायन विद्यायलयमा हुने निर्णय पश्चिम बंगाल सरकारले गरेपछि पछिल्लो आन्दोलन चर्किएको हो । बंगाली भाषाको जवरजस्ती विरुद्ध आन्दोलन सुरु भएपनि अहिले गोार्खाल्याण्ड राज्य प्राप्तीको आन्दोलनमा जोडिन पुगेको छ । १० वर्ष अघि गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङको अगुवाईमा सुरुभएको आन्दोलन विभिन्न कालमा सम्झौता गर्दै आईरहेको छ । गुरुङले अहिले भने यो आन्दोलन गोरखाल्याण्ड राज्य प्राप्तीको अन्तिम लडाईं भएको वताएका छन् । अहिले चलिरहेको आन्दोलनका क्रममा सुरक्षाकमीको गोली लागेर तीनजना गोर्खाल्याण्ड समर्थक युवाहरुको ज्याम गईसकेको छ भने दर्जनौं घाईते बनेका छन् । नेतृ राईका अनुसार भारतमा गोर्खाल्इाण्ड आन्दोलन एकसय वर्ष पहिले देखि सुरु भएको हो ।

प्रकाशित : ६ असार २०७४, मंगलबार ००:००