७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

खेलकुद

पाकिस्तानलार्इ च्याम्पियन्स ट्रफीको उपाधि, भारतको लज्जास्पद हार



भारतलाई १ सय ८० रनको विशाल अन्तरले हराउँदै पाकिस्तानले च्याम्पियन्स ट्रफीको उपाधिमा चुमेका छन् । आइसीसीको कुनै पनि प्रतियोगिताको फाइनलमा कुनै टोलीले हासिल गरेको सबैभन्दा ठूलो अन्तरको जीत हो । जीतका लागि ३ सय ३९ रनको विशाल लक्ष्य पाएको भारत मात्र ३०.३ ओभरमा १ सय ५८ रनमा सिमित भयो । भारतलाई सस्तोमा समेट्न मोहमद आमिर र हसन अलीले घातक बलिङ गर्दै ३–३ विकेट लिए ।

५ विकेटको क्षतिमा ५४ रनको दयनीय स्थितिमा रहेको भारतका लागि हार्दिक पाण्डेयले ७६ रन बनाउँदै सम्मानजक स्कोरतर्फ डोर्याएका थिए । उनीबाहेक कसैले ठूलो स्कोर बनाउन सकेनन् । यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको पाकिस्तानका लागि ओभर फकर जमानले शतकीय पारी खेलेपछि निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३ सय ३८ रन बनाएको थियो । उनलाई अर्को ओपनर अजहर अलीले ५९ रन बनाउँदै राम्रो साथ दिए । दुवैले मिलेर पहिलो विकेटका लागि १२८ रन जोडे । पाकिस्तानको स्कोर २ सय रन हुँदा हार्दिक पाण्ेडेयको बलमा आउट हुनअघि जमानले १०६ बलमा ११४ रन बनाए । उनले यस क्रममा ३ छक्का र १२ चौका हिर्काए । आजमले ४६ रनको योगदान दिए ।

खेलको अन्त्यतिर मोहमद हाफिजले तिव्र गतिमा ४ चौका र ३ छक्का हिर्काए ५७ रन बनाउँदै पाकिस्तानलाई ३ सयको स्कोर कटाउन मद्दत गरे । भारतका लागि १० ओभरमा मात्र ४४ रन खर्चेर भुवनेश्वर कुमारले २ विकेट लिए ।

प्रकाशित : ५ असार २०७४, सोमबार ००:००