७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

ग्लोबल

एनआरएनए कुवेतको पाँचौ अधिवेशन अगस्ट १८ मा हुने



 

कुवेत । कुवेत गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परीषद कुवेतको पाँचौ राष्ट्रिय अधिबेशन आगामी १८ अगस्टमा हुने भएको छ । अधिवेशनले दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को अक्टोवरमा हुने ८ औं विश्व सम्मेलन अगावै हरेक राष्ट्रिय समन्वय परिषदले अधिवेशन सक्नुपर्ने प्रावधान अनुसार कुवेतमा अधिवेशन हुन लागेको हो । कुवेत स्थित विभिन्न नेपाली संघ संस्थासँगÞ समन्वय गर्दै नेपालीहरूबीच आपसी मेलमिलाप र सुमधुर सम्बन्ध बढ़ाऊदै साझा संस्थाको रूपमा राष्ट्र र कुवेतमा श्रम गरिरहेका नेपालीहरूको हितमा संघले स्थापनाकालदेखि नै काम गर्दै आइरहेको छ । नेपाल र नेपालीहरूको उन्नतीको अभियानमा साझेदारीको रूपमा सहभागी हुन कुवेतमा नेपाली समुदायलाई समयमा नै पञ्जिकृत सदस्यता लिन संघले अपिल गरेको छ ।
अधिबेशन सम्पन्न गर्न वर्तमान आइसिसि सदस्य सुजन केसिको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको छ । समितिमा संघका सल्लाहाकर शिव कोईराला, प्रवक्ता कोशराज राई, आनन्द आचार्य र नैनकला राई रहेका छन् ।
निर्वाचन समितिलाई आजबाट नै जिम्मेबारी दिने कार्यसमितिको बैठकले निर्णय गरेको छ । निर्वाचनलाई चुस्त, दुरुस्त र पारदर्शीताका साथ तोकिएको समयसीमा भित्र सम्पन्न गर्नको लागी आवश्यक सम्पूर्ण निर्वाचन सामग्रीहरू उपलब्ध गराउने निर्णय पनि संघले गरेको छ ।
संघका अध्यक्ष अर्जुन तामाङको अध्यक्षता तथा महासचिव अमित राईको संचालनमा सम्पन्न पूर्ण बैठकमा सल्हाकार शिव कोईराला, आइसिसि सदस्य सुजन केसीको विशेष उपस्थिति रहेको थियो । कोषाध्यक्ष हर्कबहादुर तमाङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । बिरामी भई अस्पतालमा उपचार गराइ रहेका तर आर्थिक समस्या झेलीरहेका पीडितहरूलाई संघले आर्थिक राहत सहयोग प्रदान गरिएको बारेमा राहतकोष संयोजक राजू कार्कीले बैठकमा जानकारी गराएका थिए ।

प्रकाशित : ४ असार २०७४, आइतबार ००:००