१३ चैत्र २०८०, मंगलबार । March 26, 2024

मुख्य खबर

बौद्ध धर्मावलम्बीद्वारा जनप्रतिनिधिलाई सम्मान



काठमाडौँ, ४ असार । काठमाडौँ महानगरपालिका क्षेत्रका विभिन्न बौद्ध महाविहारलगायत सामाजिक सङ्घसंस्थाले महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी तथा वडाध्यक्षहरुलाई आज सम्मान गरेका छन् ।

अठार महाविहार, दश शाक्य महाविहार, सो¥ह शाक्य महाविहार, बज्राचार्य संरक्षण गुठी, नेपाल परम्परागत बौद्धधर्म सङ्घ र पे्रmन्डस् अफ शान्तिपुरले आज आयोजित समारोहमा टीका तथा सगुन जनप्रतिनिधिलाई प्रदान गरी स्वागत गरेका हुन् ।

सम्मान समारोह मूल आयोजक समितिका संयोजक एवम् लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति डा नरेशमान बज्राचार्यले उहाँहरुलाई सम्मान गर्दै प्राचीन समयदेखि नेपालमण्डलभित्र हिन्दू र बौद्ध धर्मको प्रभाव रहेकाले ती सम्पदास्थल महानगरको पहिचानका रुपमा विकास गर्न सुझाव दिनुभयो ।

उहाँले विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ, बौद्धनाथ, चाँगुनारायणलगायत क्षेत्रमा भइरहेका अतिक्रमणले गर्दा अहिले जोखिममा रहेको जानकारी गराउँदै त्यस्ता महत्वपूर्ण क्षेत्रलाई प्राथमिकता दिई संरक्षण गर्न आग्रह गर्नुभयो ।

कामपाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्र रहेका सम्पदास्थलको संरक्षण तथा भूकम्पबाट पीडितलाई निःशुल्क प्राविधिक सहयोगका साथै १० प्रतिशत नक्सा पासमा छुटको व्यवस्था गरिएको जानकारी दिनुभयो । उहाँले महानगरपालिकामा नेपाली र नेवारी भाषालाई कामकाजको भाषाका रुपमा मान्यता दिने निर्णय गरिएको पनि बताउनुभयो ।

कामपा उपप्रमुख हरिप्रभा खड्गीले भूकम्पले भत्किएका प्राचीन महत्वका सम्पदा चाँडै जीर्णोद्धार गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रकाशित : ४ असार २०७४, आइतबार ००:००