१६ चैत्र २०८०, शुक्रबार । March 29, 2024

मुख्य खबर

‘अबको वर्ष चुनावी र आर्थिक समृद्धिको वर्ष’: वरिष्ठ नेता खनाल



इलाम, ४ असार । नेकपा ९एमाले० का वरिष्ठ नेता झलनाथ खनालले अबको वर्ष चुनावी र आर्थिक समृद्धिको वर्ष हुने बताएका छन ।

रोङ गाउँपालिकामा आज आयोजित चुनावीसभामा उहाँले चुनावपछि मुलुक आर्थिक समृद्धितर्फ अघि बढ्ने विश्वास व्यक्त गरे।

पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले “चुनावपछि मुलुक आर्थिक समृद्धि र विकासतर्फ उन्मुख हुन्छ र यसका लागि एमालेको नेतृत्व आवश्यक छ,” भन्दै जनताको चाहना एमालेलाई देशकै ठूलो पार्टी बनाउने रहेकाले अब एमाले मुलुककै पहिलो पार्टी हुने दाबी गरे ।

पर्यटनको अनेकौँ सम्भावना बोकेको इलामलाई देशकै नमुना बनाउन एमालेले पहल थालेको पनि उनीले बताए ।

प्रकाशित : ४ असार २०७४, आइतबार ००:००