१३ बैशाख २०८१, बिहिबार । April 25, 2024

मुख्य खबर

सङ्घीय समाजवादीले उम्मेदवार टुङ्गो लगायो



 

पाँचथर, २ असार । सङ्घीय समाजवादी फोरम नेपालले पाँचथरका सातवटा गाउँपालिका र नगरपालिका प्रमुख उपप्रमुखको उम्मेदवारी टुङ्ग्याएको छ ।

पाँचथरको फिदिमस्थित पार्टी कार्यालयमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी उम्मेदवारी टुङ्ग्याएको हो, जसअनुसार फिदिम नगरपालिकाको प्रमुखमा विष्णुकुमार लावती र उपप्रमुखमा भावना इङवालाई उम्मेदवार बनाइएको छ ।

यस्तै, फालेलुङको अध्यक्ष पदमा जनम राई, उपाध्यक्ष पदमा सङ्गीता थाम्सुहाङ, याङवरकमा अध्यक्ष भरत राई र उपाध्यक्षमा सिर्जना सेलिङलाई उम्मेदवार बनाएको छ ।

यसैगरी, हिलिहाङ गापाको अध्यक्ष पदमा सुरेन्द्रप्रसाद सुहाङ, उपाध्यक्ष पदमा दिलमाँया लोवालाई उम्मेदवार बनाएको छ । यस्तै, फाल्गुनन्द गाउँपालिकाको अध्यक्षमा रामकुमार तुम्याङ नेम्बाङ, उपाध्यक्षमा शान्ति लिम्बू आङदेम्बे, कुमायक गाउँपालिका उपाध्यक्षमा सूर्य साङपाङ, मिक्लाजुङको अध्यक्षमा सन्देश राईलाई उम्मेदवार बनाएको छ ।

यस्तै, तुम्बेवामा भने अहिलेसम्म उम्मेदवारको टुङ्गो लगाउन नसकिएको पार्टीका जिल्ला अध्यक्ष डिएम आङदेम्बेले बताउनुभयो ।

उम्मेदवारको घोषणापछि बोल्दै पार्टीका केन्द्रीय महासचिव रणध्वज कन्दङवाले अहिलेको सङ्घीय संरचनाप्रति आफ्नो पार्टीको विमति रहेता पनि आफ्नो पार्टी संवैधानिक पार्टी भएकाले जनतामा जानुपरेको बताउनुभयो । रासस

प्रकाशित : २ असार २०७४, शुक्रबार ००:००