११ बैशाख २०८१, मंगलबार । April 23, 2024

ग्लोबल

राजनीतिका लागि अफ्रिकाबाट नेपाल आउँदै



 

सुक्रवार,अमेरिका । अफ्रिकाको केन्या देशमा ईन्जिनियरको जागिर गरिहेका किरात पार्टीका संयोजक मानवहादुर राई राजनीतिमा लाग्नका निम्ती नेपाल फर्कने भएका छन् । दुई दशक देखि कम्युनिष्ट पार्टीमा रही राजनीति गरेका उनले हेटौंडा महाधिवेशन अघि सम्म माओवादी पार्टीमा रहेको वताएका छन् । सामाजिक संजाल फेसबुकमा प्रत्यक्ष भिडियो कुराकानी गर्नेक्रममा टुडिखेल प्रतिनिधि नगेन्द्र चाम्लिङसंग भने माओवादीले पहिचानको राजनीति छोडेको दावी गरे । माओवादीले पहिचानको राजनीति छोडेकाले पहिचानको नीम्ती किरात पार्टीको जरुरी भएको बताए । त्यतिमात्र नभएर किरात भुगोल र जनताको मियोको निम्ती पनि किरात पार्टीको जरुरत भएको वताए । उनले थपे किरात पार्टीले संविधानमा उल्लेख भएको एक नंवर प्रदेशलाई किरात राज्यको नामाकरण गराउन पहल गर्ने पनि बताए । किरात भन्ने जातियवादी नभएर यो भुगोलवादी र राष्ट्रवादी नाम भएको वताए । विदेशमा वसेर पनि नेपालमा विभिन्न राजनीतिक गतिविधि गर्न सफल मानवहादुर राईले अझ प्रभावकारी राजनीतिका निम्ती चाँडै नेपाल फर्कने निर्णय गरेको बताए ।  पार्टी नखोलीकन कुनै दलमा मिलेर जान सकिँदैन ? भन्ने जिज्ञासामा अहिले मिल्ने भन्दा सहकार्य गरेर जाने सम्भावना भएको वताए । सहकार्यका लागि पहिचानवादी संगठज राष्ट्रिय जनमुक्ति पार्टी र संघीय समाजवादी पार्टी उपयुक्त भएको वताए । उनले अन्य पहिचानजन्य संगठनसंग पनि सहकार्य एकता गर्दै जाने नीति भएको वताए । अर्काे प्रसंगमा पत्रकार रविन्द्र मिश्रले पनि राजनीतिमा लाग्नका लागि लाखौंको जागिर छाडे तपाईको पनि त्यस्तै हो ? भन्ने प्रश्नको जवाफमा भने रवीन्द्रको जस्तै हो र तलवको कुरा गर्दा रविन्द्र भन्दा आफ्नो दोब्बर जती रहेको बताए । पचास मिनेट लामो वार्तालाभमा उनले अन्य धेरै विषयमा पार्टीको धारणा राखेका थिए । अहिलेको चलिरहेको स्नानिय निकायको निर्वाचनमा भाग नलिएपनि आउँदो माघ सम्ममा हुने भनिएको प्रादेशीक निर्वाचनमा भने भाग लिने पनि बताएका छन् । पार्टीको संचारको निम्ती फेसबुकमा किरात पार्टी नामको पेज चलाईरहेका मानवहादुरले विधान र घोषणापत्र पेज मार्फत सार्वजानिक गरिसकेका छन् ।

प्रकाशित : २७ जेष्ठ २०७४, शनिबार ००:००