२९ चैत्र २०८०, बिहिबार । April 12, 2024

मुख्य खबर

एमालेद्वारा विर्तामोड नगरका उम्मेदवार घोषणा



काँकडभिट्टा, २६ जेठ । नेकपा ९एमाले० बिर्तामोड नगरपालिकाका प्रमुख र उपप्रमुखसहित सबै वडाका उम्मेदवार आज सार्वजनिक गरिएको छ ।

झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा नगर प्रमुखमा धुव्रकुमार शिवाकोटी र उपप्रमुखमा पवित्रा महतारासहित १० वटै वडाका उम्मेदवार घोषणा गरिएको हो ।

एमालेले बिर्तामोड नगरको वडा नं। १ मा अग्निप्रसाद पाण्डे, २ मा नगेन्द्र प्रसाद सङ्ग्रौला, ३ मा अमृतबहादुर बुढाथोकी, ४ मा नन्दलाल खरेल, ५ मा राजेन्द्रप्रसाद लिङ्देन, ६ मा गणेशकुमार कन्दङवा, ७ मा टीकाराम खरेल, ८ मा शेखर कँडेल, ९ मा पवित्रा पाठक र १० मा राजेन्द्र कडरियालाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ ।

प्रकाशित : २६ जेष्ठ २०७४, शुक्रबार ००:००