१२ बैशाख २०८१, बुधबार । April 24, 2024

मुख्य खबर

बञ्चरो प्रहारबाट मृत्यु




पाँचथर÷ फिदिम नपा–१, साब्राङमा शुक्रबार एक ब्यक्तिको धारिलो बञ्चरो प्रहार गरी हत्या भएको छ ।
राती साँढे बाह्र बजेतिर साब्राङ बस्ने वर्ष ६५ को भिम बहादुर केरुङलाई आफ्नै घरमा सुतिरहेको समयमा सोही स्थान बस्ने वर्ष २७ का चन्द्र भनिने विनय नेम्बाङले बन्चरो प्रहार गरेका थिए । बञ्चरो प्रहारबाट सख्त घाईते भएका केरुङको उपचारको लागि पाँचथर अस्पताल पु¥याउँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बञ्चरो प्रहार गरेपछि फरार बनेका नेम्बाङलाई शुत्रबार नै पक्राउ गरी कर्तव्य ज्यान मुद्धा दर्ता गरी जिल्ला प्रहरी कार्यालय पाँचथरको हिरासतमा राखी आवश्यक अनुसन्धान कार्य अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित : २६ जेष्ठ २०७४, शुक्रबार ००:००