७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

मुख्य खबर

महरा उपप्रधान तथा परराष्ट्र र शर्मा गृहमन्त्री



काठमाडौँ, २४ जेठ । नेकपा (माओवादी केन्द्र) को तर्फबाट कृष्णबहादुर महराले सरकारको नेतृत्व गर्नुहुने भएको छ ।

माओवादी केन्द्रको आज बसेको हेडक्वार्टरको बैठकले नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवा नेतृत्वको सरकारमा महरालाई उपप्रधान तथा परराष्ट्र« र जनार्दन शर्मालाई गृह मन्त्रालयको जिम्मेवारी दिइने निर्र्णय गरेको छ । यसअघि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा महरा उपप्रधान तथा अर्थ र शर्मा उर्जा मन्त्री थिए ।

बैठकले प्रभु साहलाई पछि मन्त्रालय टुङ्ग्याउने गरी सरकारमा पठाउने निर्णय गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिए।

प्रकाशित : २४ जेष्ठ २०७४, बुधबार ००:००