८ बैशाख २०८१, शनिबार । April 20, 2024

मुख्य खबर

बाजुराको कोल्टीमा सेनाको विमान दुर्घटना



काठमाडौं १६ जेठ । बाजुराको कोल्टीमा नेपाली सेनाको विमान दुर्घटना भएको छ । विमानमा रहेका तीनै जनाको जीवितै उद्दार गरिएको छ ।

सुर्खेतबाट सिमिकोटको लागि उडेको एन ए ४८ स्काई प्लग जहाज सिमिकोटमा हावाको बहाव बढी भएपछि बाजुरा डाइभर्ट गरिएको थियो । कोल्टी विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर खेतमा पुगेको छ । दुर्घटना लगतै विमानमा आगो लागेको थियो ।
विमानस्थल नजिकै रहेको नेपाली सेनाको टोलीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : १६ जेष्ठ २०७४, मंगलबार ००:००