९ बैशाख २०८१, आइतबार । April 22, 2024

मुख्य खबर

पोखरा लेखनाथ महानगर प्रमुखमा जिसी, उपप्रमुखमा मञ्जु विजयी



पोखरा, १२ जेठ । पोखरा लेखनाथ महानगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का मानबहादुर जिसी ६० हजार ११८ मतसहित विजयी भएको छ । जिसीले निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामजी कुँवरले ४६ हजार ४१६ मत प्राप्त गरेर पराजित भएका छन् ।
महानगरको उपप्रमुखमा एमालेकी मञ्जु गुरुङ ५६ हजार ४४८ मतसहित विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी सरस्वती गुरुङले ४४ हजार ३३८ मत प्राप्त गरेर पराजित भइन् । पोखराको लेखनाथ महानगरपालिकामा नेपाली काँग्रेस र माओवादी वीच चुनावी तालभेल भएको थियो ।

प्रकाशित : १२ जेष्ठ २०७४, शुक्रबार ००:००