११ बैशाख २०८१, मंगलबार । April 24, 2024

ग्लोबल

कन्सर्टमा बम हमला हुँदा १९ को मृत्यु



सोमबार । बेलायतको मेनचेस्टरमा भर्खरै स्थानिय १०ः३० राती तथा नेपालको विहान ३ वजेतिर आयोजना भईरहेको कन्सर्टमा आतंककारी द्वारा आत्माघाती बम हमला भएको छ ।
हमलामा परि १९ जनाको ज्यान जानुका साथै ५० जना घाईते भएको प्रहरीलाई उद्रित गर्दै अमेरिकाको एमएसएनविसी न्युज च्यानलले जनाएको छ । जहाँ स्पेनिस मुलकी अमेरिकन नागरिक एरिना ग्रान्देको गीत प्रस्तुत भैरहेको थियो । स्थानिय स्टेडियममा ८० हजार दर्शकले कन्सर्ट हेरिरहेका थिए । आतंककारी हमला कसले गरेको खोजि भैरहेको पनि जनाईएको छ । केही महिना अघि पनि राजधानी लण्डनमा एकजना मुस्लिम आतंककारीले बन्दुक हमला गर्दा पाँचजना नागरिको ज्यान गएको थियो । मेनचेस्टर बेलायतको विच भागमा पर्ने मुख्य शहरको पनि विचभागमा बम आक्रमण भएको हो ।

प्रकाशित : ९ जेष्ठ २०७४, मंगलबार ००:००