१ बैशाख २०८१, शनिबार । April 13, 2024

Life Style

संयुक्त उभौली

कुबेत यायोक्खामा चाम्लिङ



दोहा । किरातीको बसोवास रहेका विभिन्न विदेश भुमीमा समेत उभौली धुमधाम मनाउने गरेका छन् । यसै अवसरमा कतारमा रहेका किराती जन्य संस्थाहरुले संयुक्त रुपमा उभौली चाड ५०७७ भब्य मनाएका छन् ।
तीन किरात जन्य संस्थाको आयोजनामा उभौली चाड मनाएका हुन् । विगत केही वर्ष देखि संयुक्त रुपमा मनाउँदै आएको उभौली यसवर्ष पनि निरन्तर रहयो । कतारको राजधानी दोहामा भएको कार्यक्रममा उभौली प्रकृति पुजा गरी साँस्कृतिक कार्यक्रम भएको थियो । साँस्कृतिक कार्यक्रममा साकेला , स्यादर, केलाङ र हाक्पारे गित तथा नाच प्रस्तु गरेका थिए । किराती तथा गैर किराती नेपाली समुदायको ब्यापक उपस्थितिमा कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ । उभौली चाडलाई धेरै किरातीहरुमाझ विभिन्न नामले प्रचलित छ । राईले साकेला, लिम्बुले याक्वा, सुनुवारले स्यादर भन्ने चलन छ । किरात सुनुवार सेवा समाझ, किरात याक्थुम चुम्लुङ र किरात राई यायोक्खाको आयोजनामा संयुक्त कार्यक्रम भएको थियो । कार्यक्रममा नेपाल प्रवासी जनजाती महासंघ कतारका अध्यक्ष देवराज राई प्रमुख अतिथि रहेको थियो । चुम्लुङका माहासचिव सागर तुम्माहाम्फेले संचालन गरेको कार्यक्रमको सभापतित्व सामुय सुनुवारले गरेको दोहा बाट संजय चाम्लिङ गाउँलेले बताए ।
उता किरात राई यायोक्खा कुवेतको प्रथम सम्ममेलनले तेश्रो कार्यकालका लागि मन्जित चाम्लिङ राईको अध्यक्षतामा ९ जनाको मुल समिति चयन गरेको छ । जसमा नैनाकला राई, कोशराज राई, उमेश राई, सुधिर वान्तवा राई, पर्वत चाम्लिङ, कविता वान्तवा, अमृत राई माया साङपाङ छन् । त्यसैगरी सल्लाहकारहरुमा अमीत चाम्लिङराई, रमेश किराती, राजकुमार राई, उमेश राई चयन भएका छन् । गत सुक्रवार भएको सम्मेलनको  अवसरमा उभौली साकेला कार्यक्रमको समेत आयोजना भएको थियो ।

प्रकाशित : ७ जेष्ठ २०७४, आइतबार ००:००