१२ बैशाख २०८१, बुधबार । April 24, 2024

मुख्य खबर

काठमाडौँ महानगरको मतगणना सुरु, अन्य नगरपालिकाको गणना जारी



काठमाडौँ, १ जेठ । काठमाडौँ महानगरपालिका र अन्य १० नगरपालिकामा अहिले मतगणना भइरहेको छ ।

काठमाडौँ महानगरपालिकाको मतगणना बिहान ११ बजेदेखि सुरु गर्ने निर्णय सर्वदलीय बैठकले गरेपनि झण्डै १२ बजे मात्रै मतगणना सुरु भएको हो ।
कीर्तिपुर, दक्षिणकाली, चन्द्रागिरी, टोखा, तारकेश्वर, नागार्जुन, गोकर्णेश्वर, कागेश्वरी मनोहरा, शङ्खरापुर र बूढानीलकण्ठ मतगणना भइरहेको हो ।

पछिल्लो मत परिणामअनुसार गोकर्णेश्वर नगरपालिका प्रमुख पदमा नेपाली काँग्रेसका सन्तोष चालिसे ५७, नेकपा ९एमाले०का पुण्यप्रसाद चौलागाईं ४९, नेकपा ९माओवादी केन्द्र०का टिआर नेपाल २६ र राप्रपाका श्यामकृष्ण श्रेष्ठले एक प्राप्त गर्नुभएको छ ।

त्यस्तै, उपप्रमुखमा काँग्रेसका शान्ति नेपाल र एमालेका शान्ति श्रेष्ठले बराबर ५६ मत पाउनुभएको नगर निर्वाचन अधिकृत विमला शर्मा सुवेदीले राससलाई जानकारी दिनुभयो । उपप्रमुखमा माओवादी केन्द्रका २५ र राप्रपाका पाँच मत रहेको छ ।

प्रकाशित : १ जेष्ठ २०७४, सोमबार ००:००