११ चैत्र २०८०, आइतबार । March 24, 2024

मुख्य खबर

काँग्रेसले ६५ प्रतिशत स्थानिय तहमा चुनाव जित्दै छः रमेश लेखक



काठमाडौं। नेपाली काँग्रेसका नेता तथा पार्टी प्रचार प्रसार उपसमितिका संयोजक रमेश लेखकले स्थानिय तहको निर्वाचनमा काँग्रेसले ६५ प्रतिशत स्थानमा चुनाव जित्ने दावी गरेका छन्।

नेपाली काँग्रेसको पक्षमा व्यापक जनमत देखा परेको दावी गर्दै लेखकले   भने ‘ हामी अत्यन्तै उत्साहित छौ। महानगरपालिकामा हाम्रा उमेद्वारहरु एक्लै जित्दै गरेको र तालमेल गरेका ठाउँमा पनि विजयी हुँदै छौ। शुक्ष्म विश्लेषण र प्राप्त सूचनाका आधारमा हामी ६० देखि ६५ प्रतिशत स्थानमा हामी चुनाव जित्दै छौ। ‘

पत्रकार सम्मेलनमा लेखकले भनेः

एमाले प्रतिगामी कित्तामा
संविधानको आधारभुत तत्वहरुको विपक्षमा रहेका दलहरुसँग मिलेर एमाले प्रतिगामी कित्तामा उभिएको छ।

विकासको बारेमा काँग्रेस स्पष्ट
काँग्रेस जे भन्छ त्यहि गर्छ। नसक्ने कुरा भन्दैन भन्ने कुरा पनि स्थापित छ। यहि कुरा जनतामा विश्वासको रुपमा अगाडी आएको छ। काँग्रेसले जे भन्छ गरेर छाड्छ भनेर जनतामा भएको विश्वासका कारण जनतामा काँग्रेसका पक्षमा विश्वासको वातावरण बनेको छ।

काँग्रेसले जित्दा देश जित्छ
काँग्रेसले जित्दा देश जित्छ, हार्दा हार्छ भन्ने जनतामा परेको छापका कारण पनि काँग्रेस चुनाव जित्दैछ। काँग्रेस हार्दा संविधान बनेन जित्दा बन्यो। काँग्रेसप्रति जनताको भरोसा छ।

दोस्रो चरणको चुनाव पनि तोकिएकै मितिमै
दोस्रो चरणको चुनाव पनि काँग्रेसले सुनिश्चित गर्छ। हुन नदिने तत्वहरुको षडयन्त्रलाई चिर्दै काँग्रेसले चुनाव गराउँछ।

काठमाडौंमा सबै नेता कार्यकर्ता प्रचार प्रसारमा 
काठमाडौं महानगरपालिकाकामा पार्टीका सबै नेता कार्यकर्ता चुनावी प्रचार प्रसारमा खटिनुभएको छ।

खर्च निर्वाचन आयोगले तोकेको सीमाभित्रै
पार्टी चुनावमा गर्ने खर्च निर्वाचन आयोगले तोकेको खर्चको सीमा भित्रै छौ। खर्चको सीमा भित्रै रहेर खर्च गर्छौ।

मधेशमा तालमेलको सम्भावना 
संविधान मान्ने र अग्रगामी शक्तिहरुसँग तराई मधेशमा पनि तालमेल हुनसक्छ । तर तालमेल स्थानिय तहमै हुन्छ।

चाँडै काँग्रेस नेतृत्वमा सरकार
माओवादीसँगको सहमतिका आधारमा चुनाव पछि चाँडै नै काँग्रेस नेतृत्वमा सरकार बन्ने छ।

प्रकाशित : २८ बैशाख २०७४, बिहिबार ००:००