८ बैशाख २०८१, शनिबार । April 20, 2024

मुख्य खबर

नमुना सहर फिदिममा भ्यू टावर निर्माण गरिने



पाँचथर, २८ वैशाख । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल लोकमार्गले छोएको दश नमुना शहर अन्तर्गत पर्ने पाँचथरको फिदिम नगरपालिकामा आन्तरिक तथा बाह्य पर्यट भित्र्याउने उदेश्यले नयाँ सहरको कार्यालयले फिदिम नगरपालिका–२ स्थित रमितेडाँडामा भ्यू टावर निर्माण गर्ने योजना बनाएको छ ।
भ्यू टावरको निर्माण कार्य यस आर्थिक वर्ष २०७३÷७४ बाट सुरु हुने नयाँ सहर कार्यालयका कार्यालय प्रमुख दिनेश पोटेले जानकारी दिए । यस वर्ष भ्यू टावर निर्माणका लागि रु १४ लाख बजेट समेत विनियोजन भइसकेको उनले बताए ।
भ्यू टावर निर्माण हुनेभएपछि स्थानीयवासीले ६ रोपनी जग्गासमेत रजिस्ट्रेसन पास गरिदिइसकेका छन् । यस ठाउँमा भ्यू टावर निर्माण भएपछि पूर्वको प्रसिद्ध धार्मिकस्थल पाथीभरा, पाँचथरका विभिन्न स्थान, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, लगायतका जिल्लाहरुको समेत दृश्यावलोकन गर्न सकिने स्थानीयवासी सुकपाल तुम्वापोको भनाई छ ।
यस ठाउँमा भ्यू टावर निर्माण भएपछि पूर्वका विभिन्न ठाउँबाट तथा बाह्य पर्यटकसमेत आउने अर्का स्थानीयवासीको भनाई छ ।

प्रकाशित : २८ बैशाख २०७४, बिहिबार ००:००