८ बैशाख २०८१, शनिबार । April 20, 2024

मुख्य खबर

एमालेको खोक्रो राष्ट्रियता र राप्रपाले धर्मको नाममा राजनीति गरिरहेकोले नेपाली जनताले उनीहरुलाई यथार्थ आकारमा ल्याउने : गगन थापा



ललितपुर, वैशाख २६ गते । नेपाली कांग्रेसका युवा नेता गगन थापाले नेकपा एमालेले यो चुनाव मात्र होइन यसपछि हुने प्रदेशसभा केन्द्रीय चुनाव पनि प्रतिपक्षमै बसेर लड्नुपर्ने बताउनु भएको छ ।
एमालेले दोस्रो चरणको चुनाव गराउने भन्ने बजारमा चलाइएको हल्ला एकदमै मिथ्या भएको बताउँदै उहाँले भन्नुभयो “सरकार बनाउन अंक गणित पनि मिल्नु पर्छ, भर्खरै विजयकुमार गच्छदारको समूह पनि सरकारमा गएपछि अब कांग्रेस र माओवादीको गठबन्धन संविधानको पूर्ण कार्यान्वयन गराउँदासम्म जारी रहन्छ” ।
नेपाली कांग्रेस केन्द्रीय चुनाव प्रचार प्रसार उपसमितिले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले प्रथम चरणको स्थानीय तहको चुनावपछि सरकार हस्तान्तरणबारे चलेको भ्रमका सम्बन्धमा बोल्दै कांग्रेस नेता थापाले भन्नुभयो – दुई पार्टीबीच भएको भद्र सहमति अनुरुपनै कांग्रेसको नेतृत्वमा सरकार बन्छ  ।
नेकपा एमालेलाई खोक्रो राष्ट्रियता र राप्रपाले धर्मको नाममा राजनीति गरिरहेकोले नेपाली जनताले उनीहरुलाई यथार्थ आकारमा ल्याउने बताउनुभयो  । यस्ता प्रवृत्ति बोकेका राजनीतिक दलहरुलाई बहिष्कार गर्न उहाँले आब्हान समेत गर्नुभयो  ।

प्रकाशित : २७ बैशाख २०७४, बुधबार ००:००