१२ बैशाख २०८१, बुधबार । April 25, 2024

मुख्य खबर

पाँच हजार मेट्रिक टन मुसुरो उत्पादन



कलैया, २६ वैशाख । बारामा आव २०७३÷७४ मा पाँच हजार पाँच सय ९५ मेट्रिक टन मुसुरो उत्पादन भएको छ ।
जिल्ला कृषि विकास कार्यालयका प्रमुख शिवरत्न साहका अनुसार कृषकले ११ हजार ६०० हेक्टरमा प्रतिहेक्टर ०।४८ मेट्रिक टनका दरले सो परिमाणमा मुसुरो उत्पादन भएको हो । गत वर्ष पाँच हजार पाँच सय ९६ मेट्रिक टन मुसुरो उत्पादन भएको थियो ।
यस्तै कृषकले एक हजार नौ सय १५ हेक्टरमा तोरीखेती गर्दा प्रतिहेक्टर १।१५ मेट्रिक टनका दरले दुई हजार दुई सय दुई मेट्रिक टन तोरी उत्पादन भएको छ । गत वर्षको तुलनामा ८५ मेट्रिक टन बढी उत्पादन भएको हो ।
आव २०७२÷७३ मा कृषकले एक हजार नौ सय २५ हेक्टरमा प्रतिहेक्टर १÷१ मेट्रिक टनका दरले दुई हजार ११७ मट्रिक टन तोरी उत्पादन भएको थियो । जिल्लामा हाल मुसुरोको मूल्य प्रतिक्विन्टल रु आठ हजार तथा र तोरीको मूल्य प्रतिक्विन्टल रु छ हजार ५०० रहेको सो कार्यालयका योजना अधिकृत विकासकुमार साहले बताए ।

प्रकाशित : २६ बैशाख २०७४, मंगलबार ००:००