पस्लाङ (गोरखा), २६ वैशाख । नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा बाबुराम भट्टराईले संविधानअनुसारस आगामी जेठ १५ गते नै बजेट ल्याउनुपर्ने र त्यसअघि स्थानीय तहको दोस्रो चरणको निर्वाचन गराउनुपर्ने बताएका छन् ।
मतदातासँग मत माग्न गोरखा नगरपालिकाको पस्लाङ पुग्नुभएका डा भट्टराईले आज पत्रकारसँग कुरा गर्दै भागबन्डाको राजनीतिले गर्दा देश भाँडभैलोतर्फ गएको र लोकतन्त्रलाई तहसनहस पार्ने काम भइरहेको आरोप लगाए ।
निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष बनाउनुपर्नेमा सरकार र सरकारमा रहेका दल नै गुण्डागर्दी र अपराधीकरणमा उत्रेको उनको आरोप छ ।
अर्को प्रसङ्गमा उनले उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्तिबीच स्थानीय तहको पहिलो चरणको निर्वाचनपछि एकीकरणबारे छलफल हुने जानकारी दिए ।
२६ बैशाख २०७४, मंगलबार ००:००
0
Shares
प्रतिक्रिया