५ बैशाख २०८१, बुधबार । April 17, 2024

अर्थ

गरिबी निवारण कोष तथा राष्ट्रिय पुनर्निमाण प्राधिकरणबीच संझौता



काठमाडौँ, २५ वैशाख । गरिबी निवारण कोष तथा राष्ट्रिय पुनर्निमाण प्राधिकरणबीच भुकम्प प्रभावित १४ जिल्लामा जीविकोपार्जन, जीवनस्तर सुधार तथा उद्यम विकासजस्ता गतिविधिमा सहयोगको लागि सम्झौता भएको छ ।
सम्झौता अनुसार कोष र प्राधिकरणबीच भूकम्प प्रभाबित १४ जिल्लामा जीविकोपार्जन, उत्थान र लघुउद्यम विकास कार्यक्रमको नमुना र कार्यान्वयनमा सहकार्य हुनेछ ।
प्राधिकरणले कोष तथा कोषका लक्षित समुदायहरुलाई जीविकोपार्जन र लघु उद्यम विकासका कार्यक्रम कार्यान्वयन गर्न क्षमता अभिबृद्धिका लागि आर्थिक तथा प्राविधिक सहायता र तालिममा सहजीकरण गर्नेछ । साथै प्राधिकरणले कोषलाई ती कार्यक्रम संचलनका लागी आवश्यक आर्थिक सहायता जुटाउने भएको छ ।
सम्झौता अनुसार १४ जिल्लामा कोषले प्राधिकरणको जिल्ला समन्वय समितिसँग काम गर्नेछ । यस्तै कोषले तालिम दिएका सिकर्मी, डकर्मी तथा अन्य प्राविधिक कर्मचारीलाई प्राधिकरणले पुनर्निमाण सम्बन्धी काममा लगाउने भएको छ ।
“यस सम्झौताले १४ जिल्लामा हुने कार्यक्रम तथा गतिविधिमा गरिबी निवारण तथा पुनर्निमाणका मुद्धामा सकारात्मक नतिजा आउने कोषका कार्यकारी निर्देशक नहकुल केसीले बताए ।

प्रकाशित : २५ बैशाख २०७४, सोमबार ००:००