१३ बैशाख २०८१, बिहिबार । April 25, 2024

मुख्य खबर

उपत्यकाको प्रदूषण नियन्त्रणका लागि एकीकृत योजना आवश्यक



काठमाडौँ, २२ वैशाख । काठमाडौँ उपत्यकाको प्रदूषण व्यवस्थापनका लागि स्थानीय तहमा एकीकृत कार्ययोजना बनाउनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।
काठमाडौँ महानगरपालिकाले आज यहाँ आयोजना गरेको दृश्य प्रदूषण सम्बन्धी सर्वोच्च अदालतको आदेश कार्यन्वयन र धुलोधुवाँ न्यूनीकरण सम्बन्धी कार्यशालामा कामपाका प्रमुख कार्यकारी अधिकृत ईश्वराज पौडेलले दृश्य प्रदूषण न्यूनीकरणका लागि एकीकृत कार्ययोजना आवश्यक रहेको बताउनुभएको हो ।
प्रहरी नायब महानिरीक्षक मिङमार लामाले सार्वजनिक यातायातका चालकले जिम्मेवारीपूर्वक काम गर्ने हो भने गाडीको चाप जाम कम धारणा राखे ।
कामपाका कानुनी सल्लाहकार टीकाराम भट्टराईले प्रदुषण सम्बन्धी सर्वोच्च अदालतको आदेश कार्यन्वयन गर्नु सबैको साझा कर्तव्य भएको चर्चा गरे
नेपाल बार एसोसियसनका वातावरण कानुन समितिका संयोजक पदमबहादुर श्रेष्ठले निर्वाचनका समयमा भित्तेलेखन, पोस्टर टाँस्ने तथा तुल ब्यानर झुन्ड्याउने कामले त सहरी सुन्दरता बिगार्छ नै, यसबाहेक लामो समयसम्म एकै स्थानमा सवारी साधन रोक्दा हुने वायु प्रदूषण न्यूनीकरण गराउँछ भने ।
कार्यशालामा महानगरका निर्देशक वसन्त आचार्यले स्वच्छ वातावरणमा बाँच्न पाउने नागरिकको अधिकार उपभोग गर्न पाउने कानुनी अधिकार दुरुपयोग भइरहेको बताए ।

प्रकाशित : २२ बैशाख २०७४, शुक्रबार ००:००