८ बैशाख २०८१, शनिबार । April 20, 2024

मुख्य खबर

झन्डै डेढ हजारले उम्मेदवारी फिर्ता लिए



काठमाडौँ, २२ वैशाख । स्थानीय तहको पहिलो चरणको निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिनेमध्ये एक हजार ४९८ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
पहिलो चरणको निर्वाचनमा १३ हजार ५६५ पदका लागि हुने निर्वाचनमा ४९ हजार २०७ जनाको उम्मेवारी परेको थियो ।
निर्वाचन आयोगका अनुसार काठमाडाँैमा ५४, ललितपुरका ३५, भक्तपुरमा ३२ काभ्रे २६, सिन्धुपाल्चोकमा ४५, नुवाकोटमा ७२, धादिङमा ५७, रसुवामा २७, सिन्धुलीमा १६, रामेछापमा ३३ दोलखामा ४७, मकवानपुरमा ३६ र चितवनमा ३० जनाले उम्मेदवारी फिर्ता लिएका हुन ।
कास्कीमा ३०, मनाङमा १६, स्याङजामा ५९, गोरखामा ३२, लमजुङमा ५६, तनहँुमा ४५, नवलपरासीमा ५५, बागलुङमा ९३, पर्वतमाा ४०, म्याग्दीमा २६, मुस्ताङमा १२ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
सल्यानमा २५, रुकुममा ५६, सुर्खेतमा ३९, दैलेखमा ६६, जाजरकोटमा २४, कालीकोटमा १२३, मुगुमा ३०, डोल्पामा ३४, जुम्लामा ६६, हुम्लामा ६१ जनाले नाम फिर्ता लिएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगले पहिलो चरणको निर्वाचनमा उम्मेदवारी दिनेलाई बिहीबार १० बजेसम्म नाम फिर्ता लिने समयसीमा तोकेको थियो ।

प्रकाशित : २२ बैशाख २०७४, शुक्रबार ००:००