७ बैशाख २०८१, शुक्रबार । April 20, 2024

मुख्य खबर

काभ्रेपलाञ्चोकमा २६ जनाको उम्मेदवारी फिर्ता



बनेपा, २२ वैशाख । काभ्रेपलाञ्चोकका विभिन्न नगरपालिका र गाउँपालिकामा स्वतन्त्ररुपमा उठेका र बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।
जिल्ला निर्वाचन कार्यालय, धुलिखेलकाअनुसार धुलिखेल नगरपालिकमा–४ जनाले, पनौती नगरपालिकामा १० जनाले, मण्डनदेउपुर नगरपालिकामा तीन जनाले, चौरीदेउराली गाउँपालिकामा नौजना गरी कुल २६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
केही क्षेत्र दुर्गम भएको र सञ्चारको समस्या भएका कारण विस्तृत विवरण आएपछि उम्मेदवारी फिर्ता लिनेको सङख्या अझै बढ्ने जिल्ला निर्वाचन अधिकारी मधुकर पोखरेलले बताए ।
जिल्लामा कुल दुई हजार ७४० जनाले विभिन्न पार्टी र स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका थिए । छ नगरपालिका र सात गाउँपालिका रहेको जिल्लामा दुई लाख ३० हजार ८४९ मतदाता सङख्या रहेको छ भने १८९ मतदान स्थल र ३०७ मतदान केन्द्र रहेको छ ।

प्रकाशित : २२ बैशाख २०७४, शुक्रबार ००:००