५ बैशाख २०८१, बुधबार । April 17, 2024

मुख्य खबर

कांग्रेसको महिला, दलित तथा जनजाती अनुपात अनुरुपका उम्मेदवारी : संयोजक लेखक



नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा बनेर जारी भएको संविधान कार्यान्वयन गराउने प्रस्थान बिन्दुका रुपमा रहेको स्थानीय चुनावको पहिलो चरणको उम्मेदवारी भएकोमा नेपाली कांग्रेसले गर्व गरेको छ ।

नेपाली कांग्रेस स्थानीय निर्वाचन केन्द्रीय प्रचार प्रसार समन्वय उपसमितिले आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उपसमितिका संयोजक रमेश लेखकले भन्नुभयों–“ नेपाली कांग्रेसकै नेतृत्वमा बनेको संविधानको स्वीकार्यता बढाउन कांग्रेसले मुलुकका विभिन्न राजनीतिक शक्तिका बीच चलाएको समन्वय, संवाद र वार्ता गरेर साझा बिन्दुमा पु¥याएर संविधानको सफल कार्यान्वयनका लागि अपरिहार्य रहेको स्थानीय निर्वाचन गराउन पहिलो चरणको निर्वाचनको उम्मेदवारी सम्पन्न भएकोमा नेपाली कांग्रेस गर्व गर्दछ । ”

संविधानको स्वीकार्यता बढाउने र कार्यान्वयन गराउने विषयलाई छलफलको राष्ट्रिय एजेण्डा बनाएर त्यसलाई संवोधन गर्ने कार्यको पहल र नेतृत्व नृपाली कांग्रेसले लिई मुलुकमा नयाँ राजनीतिक समीकरण गरी नयाँ सरकार निर्माण गरेर अगाडि बढेकाले अहिले स्थानीय निर्वाचन हुन लागेको हो उहाँले भन्नुभयो ।

लोकतन्त्रको सफलताका लागि सञ्चार जगतको सहयोगको महत्वपूर्ण भूमिका रहे जस्तै यो निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र,निर्विध्न सम्पन्न गराउन पनि सञ्चार जगतको त्यत्तिकै सहयोगको आवश्यकता पर्ने उल्लेख गर्दै संयोजक लेखकले नेपाली प्रेस जगतसँग विगतमा झैं सहयोग पाउने विश्वास तथा आशा व्यक्त गर्नुभयो ।

नेपाली कांग्रेस सधैं मुलुकका हरेक निकायमा संविधान र कानुन अनुसारका समावेशी तथा समानुपातिक प्रतिनिधित्व गराउने नीति अवलम्बन गरे अनुरुप यो स्थानीय निर्वाचनमा पनि नेपाली कांग्रेसले संवैधानिक र कानुनी प्रावधान अनुरुपका महिला, दलित तथा जनजाती अनुपात अनुरुपका उम्मेदवारी दिएको पनि उहाँले जानकारी गराउनुभयो ।

यसै क्रममा जुम्ला जिल्लाको चन्दननाथ नगरपालिकाको प्रमुखमा कान्तिका संजुवाल र सिन्धुली जिल्लाको दुधौली नगरपालिकाको प्रमुखमा गंगा दाहाललाई उम्मेदवारी दिएर नेपाली कांग्रेसले महिला प्रतिनिधित्वलाई उचित महत्व दिएकोछ भन्दै संयोजक लेखकले कतिपय गाउँपालिकाका अध्यक्षमा समेत महिलालाई उम्मेदवार बनाएको र विभन्न जिल्लाबाट विवरण आउँदै गरेको छ भन्नुभयो ।

अहिलेसम्म प्राप्त जानकारी अनुसार, चारजना महिलाले गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिनुभएको छ । त्यसर िएम्मेदवारी दिनेहरुमा चितवन जिल्लाको इच्छाकामना गाउँपालिकाको प्रमुखमा गीता गुरुङ, तनहुँ जिल्लाको म्याग्दे गाउँपालिकाको अध्यक्षमा माया राना, लम्जुङ जिल्लाको दुधपोखरी गाउँपालिकाको अध्यक्षमा छुपीमाया गुरुङ र नवलपरासी जिल्लाको हुम्सेकोट गाउँपालिकाको अध्यक्षमा लक्ष्मी पाण्डे हुनुहुन्छ ।

त्यस्तै पत्रकारहरुको प्रश्नको उत्तर दिंदै नेपाली कांग्रेसले पहिलो चरणको निर्वाचनमा सबै पदमा उम्मेदवारी दिएको जानकारी गराउनुहुँदै कतिपय स्थानमा स्थानीय आवश्यकता अनुरुप विभिन्न राजनीतिक दलहरुसँग गठबन्धन गर्न सक्ने अख्तियारी पार्टीका स्थानीय इकाईहरुलाई नै दिइए अनुरुप छलफल हुँदै गरेकोपनि संयोजक लेखकले बताउनुभयो ।
पत्रकारका भेटघाटको शुरुमा आज विश्व प्रेस स्वतन्त्रता दिवसको सुखद् संयोग परेकाले सम्पूर्ण सञ्चार जगतलाई लोकतन्त्रलाई अझ मजबुत बनाउन र पत्रकारितालाई मर्यादित तथा व्यायसायिक बनाउन सफलता मिलोस् भन्दै शुभकामना तथा बधाई ज्ञापन गर्नुभएको थियो ।

प्रकाशित : २१ बैशाख २०७४, बिहिबार ००:००