८ बैशाख २०८१, शनिबार । April 20, 2024

मुख्य खबर

नक्सालवादी विद्रोहीको धरापमा परी मृत्यु हुनेको सङ्ख्या चौबिस पुग्यो



नयाँ दिल्ली (भारत), ११ वैशाख । भारतको मध्य छत्तिसगढ राज्यमा वामपन्थी नक्सालवादी विद्रोहीद्वारा सोमबार गराइएको धराप विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ ।

‘भारतीय अर्ध सैनिक बलसेन्ट्रल रिजर्ब सेकुरिटी फोर्स’का कम्तीमा २४ जना अधिकारीको मृत्यु भएको सुक्मा जिल्लाका अतिरिक्त प्रहरी प्रमुख जितेन्द्र शुक्लाले सञ्चारमाध्यमलाई बताउनुभयो । घटनामा परी सात सुरक्षकर्मी घाइते भएका छन् ।

यस पहिले सेन्ट्रल रिजर्ब सेकुरिटी फोर्सका ११ जवानले धराप विस्फोटमा साहदत प्राप्त गरेका र सात जना घाइते भएका बताइएको थियो । छत्तिसगढ राज्यको सुक्मा जिल्लाका अतिरिक्त प्रहरी प्रमुख जितेन्द्र शुक्लाले सञ्चारमाध्यमलाई बताउनुभयो ।

उहाँका अनुसार बुर्का पाल गाउँ नजिकै गस्तीमा रहेको अर्ध सैन्य समूहलाई लक्षित गरी विस्फोट गराइएको थियो । उक्त समूह स्थानीय गाउँमा भइरहेको सडक निर्माण कार्यमा सघाउन त्यहाँ पुगेको थियो ।

घटनामा घाइते सबैलाई हेलिकोप्टरबाट उपचारका लागि नजिकैको अस्पतालमा पु¥याइएको थियो ।

प्रकाशित : १२ बैशाख २०७४, मंगलबार ००:००